छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित ७ पक्राउ

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित ७ पक्राउ

प्रहरीले सुर्खेत,मकवानपुर,नवलपरासी(पूर्व) र रुपन्देहीकाे छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित ७ जनालाई पक्राउ गरेकाे छ ।

सुर्खेत, भेरीगंगा नगरपालिका-१२ मसिना बस्ने २८ वर्षीय झुपलाल परियार समेत ४ जनालाई ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ १ ग्राम ७४ मिलिग्राम सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

परियारको घरमा लागूऔषध ब्राउनसुगर प्याक गर्दैछन् भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ पण्डित चोकबाट सोही उपमहानगरपालिका-१२ भोर्ले बस्ने २५ वर्षीय सुनिल तामाङलाई नियन्त्रित लागूऔषध ट्रामा ५० पिस, ट्याबबी ट्याब्लेट २० पिस, डिकोलिट ट्याब्लेट २० पिस र अवैध लागूऔषध गाँजा करिब २ सय ग्राम सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी चौघडाबाट खटिएको प्रहरीले हेटौंडा बजारबाट हटियातर्फ जाँदै गरेको बा.२५ प ५०८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार तामाङलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

नवलपरासी(पूर्व), कावासोती नगरपालिका-१६ तिनघरेबाट कास्की पोखरामहानगरपालिका-५ लेकसाईड बस्ने २० वर्षीय जिवन नेपालीलाई नियन्त्रित लागूऔषध नुर्फिन ४० एम्पुल, फेनारगन ४० एम्पुल र डाईजेपाम ४० एम्पुल सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले ग.१ ख ७३७३ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार नेपालीलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

रुपन्देही, सिद्धार्थनगर नगरपालिका-१३ बसपार्कबाट मर्चवार गाउँपालिका-१ बस्ने १८ वर्षीय जितेन्द्र यादबलाई नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ९३ एम्पुल, फेनारगन १ सय ९४ एम्पुल, नुर्फिन १ सय ९१ एम्पुल र दाङ तुल्सीपुर उपमहानगरपालिका-५ बस्ने २५ वर्षीय उज्वल रिजाललाई डाईजेपाम ५२ एम्पुल, फेनारगन ५२ एम्पुल र नुर्फिन ५३ एम्पुल सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.