मानव बेचबिखनमा संलग्न भएको आरोपमा दुई पक्राउ

मानव बेचबिखनमा संलग्न भएको आरोपमा दुई पक्राउ

प्रहरीले मानव बेचबिखनमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको  छ ।

विभिन्न प्रलोभन देखाई २० वर्षीया किशोरीलाई वेचविखन गर्ने उद्देश्यले लैजान लागेको अभियोगमा चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट रामेछाप खाँडादेवी गाउँपालिका-२ घर भएका ३१ वर्षीय भुवन तमाङ र काभ्रे खानीखोला गाउँपालिका-१ घर भएका २९ वर्षीय आईते बहादुर लोप्चनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हाे

महानगरीय प्रहरी बृत्त थानकोटबाट माईती नेपालका प्रतिनिधि सहित खटिएको प्रहरीले ना.७ ख ५७०२ नम्बरको बस जाँच गर्ने क्रममा ति किशोरीलाई शंकास्पद रुपमा लिई जाँदै गरेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुले ती किशोरीलाई झापाको बिर्तामोडमा रङ लगाउने काम लगाईदिन्छौं, कोही कसैले चेकजाँच गर्ने क्रममा सोधपुछ गर्दा वास्तविक नाम नखुलाउनु र भाउजु सुत्केरी भएकीले बिर्तामोड जान लागेको बताउनु भन्दै विभिन्न प्रलोभन देखाई वेचविखन गर्ने उद्देश्यले लैजान लागेको अनुसन्धानको क्रममा खुल्न आएको उक्त वृत्तले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.