एक लाख ६० हजार घुससहित वडा सदस्यका छोरा पक्राउ

एक लाख ६० हजार घुससहित वडा सदस्यका छोरा पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महोत्तरीको भंगाहहा नगरपालिका ७ का वडा सदस्यका छोरालाई एक लाख ६० हजार घुससहित पक्राउ गरेकाे छ ।

पिडारी चोकस्थित राष्ट्रिय वाणिज्य बैंकको गेटबाटै उपभोक्ता समितिका पदाधिकारीसँग घुस लिँदै गर्दा अख्तियारको टोलीले महोत्तरीको वडा सदस्य कारी साहका छोरा मुकेशलाई घुससहित रंगेहात पक्राउ गरेको हो । वडाध्यक्ष मो रफिक आलमसँग मिलेर वडा सदस्य कारीले छोरा मुकेशलाई घुस लिन पठाएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका उपसचिव हरिप्रसाद घिमिरेका अनुसार सडक ढलानको बि भुक्तानीका लागि समितिसँग वडाध्यक्ष र वडा सदस्यले घुस मागेका थिए ।

उनीमाथि थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.