प्रहरीलाई १० हजार रुपैयाँ घुस दिन खोज्ने पक्राउ

प्रहरीलाई १० हजार रुपैयाँ घुस दिन खोज्ने पक्राउ

बारामा डिउटीमा खटिएको प्रहरीलाई नगद १० हजार घूस दिन खोज्ने ३५ वर्षीय उपेन्द्र प्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

यादवले ईलाका प्रहरी कार्यालय जीतपुरमा गएर भारतबाट अवैध कुखुरा ल्याई नेपालको विभिन्न ठाउँमा ओसारपसार गर्ने गरेका थिए । त्यसको माहोल मिलाइदिन भन्दै प्रहरीलाई उक्त नगद दिन खोजे पश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।

तपाई हामी सबै मिली पैसा कमाउनु पर्छ । तपाईंले नखाए पनि हामीले जसरी पनि काम गर्छौं भन्दै अपशब्द प्रयोग गरी अभद्र व्यवहार देखाएपछि नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाइएकाे बारा प्रहरी प्रमुख एसपी सानुराम भट्टराईले जानकारी दिनुभएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.