बोक्सीको आरोप लगाउँदै मलमूत्र खुवाइयो

बोक्सीको आरोप लगाउँदै मलमूत्र खुवाइयो

महोत्तरीमा एक महिलालाई बोक्सीको आरोप लगाउँदै मानव मलमूत्र खुवाएको छ।

जिल्लाको भङ्गाहा नगरपालिका– ४ मा बोक्सीको आरोप लगाउँदै अन्य पाँच/छ महिला मिलेर एक ३५ वर्षीया महिलालाई मानव मलमूत्र खुवाएको हो।

भङ्गाहा नपा–४ विर्ता गाउँ बस्ने ३५ वर्षीया महिलालाई सवितादेवी, पोशिला दनुवार, ईन्दुदेवी सिंह दनुवार, सुकेश्वरीदेवी र राजेश्री दनुवारलगायतले बोक्सीको आरोप लगाउँदै मलमूत्र खुवाएको प्रहरीले जनाएकाे छ ।

सो घटनाबारे जानकारी पाउने बित्तिकै टोलीघटनास्थल पुगेकाे  प्रहरी टाेलीले ति महिलालाइ उद्धार गरी उपचारका लागि अस्तपताल पठाएको छ ।

घटनामा संलग्न रहेकामध्ये सुकेश्वरीदेवी र राजेश्रीलाई प्रहरीले पक्राउ गरेकाे छ भने अन्य महिलाको खोजबिन भइरहेको साथै घटनाकाे बारेमा  अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.