रेडपाण्डाको छाला सहित तीन पक्राउ

रेडपाण्डाको छाला सहित तीन पक्राउ

प्रहरीले काठमाडौं र जाजरकोटबाट रेडपाण्डाको छाला सहित तीन जनालाई पक्राउ गरेकाे छ ।

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-८ हात्तीगौडास्थित कपडा पसलमा लुकाईछिपाई राखेको रेडपाण्डा जस्तो देखिने करिब ३ फिट लम्बाई भएको छाला सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बुढानिलकण्ठ नगरपालिका-८ हात्तीगौडा कपडा पसल गरी बस्ने म्याग्दी त्रिवेणी नगरपालिका-२ घर भएका ३४ वर्षीय उपेन्द्र मल्ल र बाग्लुङ गलकोट नगरपालिका- ९ घर भएका ३१ वर्षीय केशव राज गौतम रहेका छन् ।

महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उक्त कपडा पसल जाँच गर्ने क्रममा उक्त छाला फेला पारेको थियो ।

जाजरकोट, रेडपाण्डाको छाला २ थान र भरुवा बन्दुकमा प्रयोग हुने सिसाको छर्रा १५ वटा सहित फेडागार्ड नगरपालिका-५ थल बजार बस्ने ५८ वर्षीय राम बहादुर घर्तीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बडाबनबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त छाला र सिसाको छर्रा फेला परेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.