यातायत कार्यालयका प्रमुखसहित तीन कर्मचारी घुससहित पक्राउ

यातायत कार्यालयका प्रमुखसहित तीन कर्मचारी घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टाेलिले यातायात व्यवस्था कार्यालय सेतीका कार्यालय प्रमुखसहित तीनजना कर्मचारीलाई घुससहित पक्राउ गरेकाे छ ।

आयोगकाे टाेलिले निमित्त कार्यालय प्रमुख गम्भीर सिंह विष्ट, अधिकृत भुवन जोशी र जयराज कारीगरलाई घुस लिँदालिँदै पक्राउ गरेको हाे ।सवारी साधन बिक्री गरी नामसारी गरिदिए वपत सेवाग्राहीसँग घुस लिँदै गर्दा उनीहरु पक्राउ परेको अख्तियारले जनाएको छ ।

उनीहरुको साथबाट अख्तियारले १ लाख ६६ हजार १ सय रुपैयाँ बरामद गरेको छ । घुस वापतको १५ हजार, स्रोत खुल्न नसकेको १ लाख ५१ हजार १ सय रुपमा कार्यालय परिसरबाटै बरामद गरिएको हो ।

उनीहरूमाथि थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.