कुपण्डोलबाट अवैध लागूऔषध सहित दुई पक्राउ

कुपण्डोलबाट अवैध लागूऔषध सहित दुई पक्राउ

प्रहरीले ललितपुर महानगरपालिका-१० कुपण्डोलबाट अवैध लागूऔषध सहित २ जनालाई सोमबार दिउँसो पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भैंसेपाटी बस्ने सुनसरी ईटहरी जनता बस्ती घर भएका ३१ वर्षीयनिशान तामाङ र कुपण्डोल बस्ने दोलखा घर भएका १७ वर्षीय देव शाही रहेका छन् ।

महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरी टाेलीले उनीहरुलाई अवैध  लागूऔषध पोल्याण्ड ५० ग्राम सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.