मादक पदार्थ सेबन गरी श्रीमती र आफन्तमाथी खुकुरी प्रहार

मादक पदार्थ सेबन गरी श्रीमती र आफन्तमाथी खुकुरी प्रहार

तेह्रथुममा एक ब्यक्तिले मादक पदार्थ सेबन गरी श्रीमती र पाहुना आएका आफन्तलाई खुकुरी प्रहार गरी सख्त घाइते बनाएका छन् ।

जिल्लाकाे म्याङलुङ नपा ९ बस्ने बर्ष ५० का रमेश रसाइलीले मादक पदार्थ सेबन गरी श्रीमती ४२ बर्षिया कुमारी बिक र पाहुना आएका मेन्छ्यायेम गापा ६ बस्ने  ५९ बर्षीय डम्बर बहादुर सुनवारलाई खुकुरी प्रहार गरेर घाइते बनाएका हुन् ।

रसाइलीले मंगलबार खुकरी प्रहार गर्दा श्रीमती बिकको टाउकोमा र पाहुना आएका सुनवारको दाहिने हातमा चोट लागेको छ। सख्त घाइते भएका सुनवारलाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ भने विकको जिल्ला स्वास्थ्य कार्यालयमा उपचार भइरहेको प्रहरीले जनाएको छ

प्रहरीले रसाइलीलाई पक्राउ गरेको अनुसन्धान सुरु गरेकाे छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.