प्रहरीलाई नगद २ हजार रुपैयाँ घुस दिन खोज्ने दुईजना पक्राउ

प्रहरीलाई नगद २ हजार रुपैयाँ घुस दिन खोज्ने दुईजना पक्राउ

ललितपुर महानगरपालिका-१२ लगनखेलस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद २ हजार रुपैयाँ घुस दिन खोज्ने ललितपुर हरिसिद्धि बस्ने २५ वर्षीय सन्दिप महर्जन र रिपु महर्जनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा खटिएको प्रहरीले बा.८८ प ६१२ नम्बरको स्कुटर जाँच गर्दा स्कुटरमा सवार उनीहरुलाई अवैध लागूऔषध गाँजा करिब ५० ग्राम सहित फेला पारी नियन्त्रणमा लिने क्रममा उनीहरुले प्रहरीलाई उक्त नगद दिन खोजे पछि उक्त नगद तथा गाँजा सहित उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.