लागुऔषधसहित एक पक्राउ

लागुऔषधसहित एक पक्राउ

मोरङ प्रहरीले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।

प्रहरी चौकी रमाइलोबाट गस्तीमा निस्किएको प्रहरी टोलीले कानेपोखरी गाउँपालिका ६ का २३ वर्षीय सिमन मगरलाई बुधबार राती ११ बजे लागुऔषधसहित पक्राउ गरेकाे हाे ।

प्रहरीले मगरको साथबाट लागुऔाषध नाइट्रोभेट ८ पिस, स्पाजमोल ट्याब्लेट १७ पिस र पृजोल नामक ट्याब्लेट ५ पिस बरामद गरेकाे छ ।

पक्राउ परेका मगरमाथि  थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.