क्राइम ब्रान्चको ‘प्रहरी निरीक्षक हुँ’ भन्दै पैसा असुल्न खोज्ने पक्राउ

क्राइम ब्रान्चको ‘प्रहरी निरीक्षक हुँ’ भन्दै पैसा असुल्न खोज्ने पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम ब्रान्चको प्रहरी निरीक्षक हुँ भनी पैसा असुली गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–५ बस्ने २७ वर्षीय दिव्यप्रकाश चतुर्वेदी रहेका छन् । चतुर्वेदीले मकवानपुर हेटौंडा उपमहानगरपालिका–९ बस्ने एक व्यक्तिलाई प्रहरी हुँ भन्दै हप्काई पैसा मागेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टाेलिले उनलाई पक्राउ गरेको हाे।

प्रहरीका अनुसार पक्राउ परेका चतुर्वेदी हातहतियार खरखजाना कसुरमा २०७५ चैत ३० गते जिल्ला अदालत पर्साको आदेशले १ लाख रुपैयाँ धरौटीमा छुटेका व्यक्ति हुन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.