प्रहरीलाई नगद १ हजार रुपैयाँ घुस दिन खोज्ने दुई पक्राउ

प्रहरीलाई नगद १ हजार रुपैयाँ घुस दिन खोज्ने दुई पक्राउ

काठमाडौं महानगरपालिका-१४ कलंकी खसीबजारमा प्रहरीलाई नगद १ हजार रुपैयाँ घुस दिन खोज्ने २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बाजुरा त्रिबेणी नगरपालिका-४ घर भई काठमाडौं कलंकी बस्ने किर्तिपुर नगरपालिकाको सिभिल ईन्जिनियर २६ वर्षीय उपेन्द्र बहादुर साउद र ललितपुर गोदावरी नगरपालिका-१० घर भई काठमाडौं कलंकी बस्ने २६ वर्षीय महेश पण्डित रहेका छन् ।

महानगरीय प्रहरी प्रभाग कलंकीबाट खटिएको प्रहरी टाेलिले उक्त स्थानमा बा.८८ प ७५८५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरुले मदिरा सेवन गरी चलाएकोले कागजपत्र माग्दा उक्त नगद दिन खोजेपछि उक्त नगद सहित प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.