अबैध लागुऔषध गाँजा सहित ३ जना पक्राउ

अबैध लागुऔषध गाँजा सहित ३ जना पक्राउ

प्रहरीले मोरङको सुन्दरहरैचा नगपालिका-१० खोर्साने चोकबाट अबैध लागुऔषध गाँजा सहित ३ जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा बेलबारी नगरपालिका १ बस्ने २४ बर्षीय लक्ष्मी गुरुङ, सोही स्थानका १९ बर्षीय बिकाश धिमाल र १९ बर्षकै रितिक बस्नेत रहेका छन ।

हिजो साँझ साढे ५ बजे प्रहरी चौकी बिराटचोकबाट खटिएको प्रहरी चेकीङ टोलीले मोटरसाईकलमा आएका तिनै जनालाई चेकजाँच गर्ने क्रममा उनिहरुको साथबाट ३ केजी ४ सय ग्राम गाँजा बरामद गरिएको उक्त कार्यालयले जनाएको छ ।

पक्राउ परेका तिनै जना उपर ईलाका प्रहरी कार्यालय बेलबारीबाट कारबाही प्रकृया अगाडी बढाएको उक्त कार्यालयले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.