भरुवा बन्दुक बरामद

भरुवा बन्दुक बरामद

प्रहरीले उदयपुरकाे बेलका नगरपालिका-९ कुलुङ टोलबाट एक थान भरुवा बन्दुक बरामद गरेको छ ।

सोही ठाउँ बस्ने चन्द्रकेशव राईको घरमा उनको छोराको न्वारनको कार्यक्रम भईरहेको अवस्थामा सोही ठाउँ बस्ने २६ वर्षीय शम्भु बुढाथोकी र निजको साथी ठूलोभाइ भन्ने हाल नाम, थर, वतन नखुलेका व्यक्तिले भरूवा बन्दुक देखाई पाहुनाहरुलाई धम्काएको र बन्दुक खोस्ने क्रममा २ जना स्थानीयबासीलाई सामान्य चोट लागेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उक्त भरुवा बन्दुक बरामद गरेको हो ।

हाल फरार रहेका बुढाथोकी समेत २ जनाको खोजी कार्य गर्नुका साथै प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.