मोटरसाइकलको ट्यांकीमा राखेर ल्याएकाे २५ किलो चरेशसहित दुई पक्राउ

मोटरसाइकलको ट्यांकीमा राखेर ल्याएकाे २५ किलो चरेशसहित दुई पक्राउ

प्रहरीले मकवानपुरबाट २५ किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा  भारत बिहार, मोतिहारी सिसुवा ग्राम वडा नम्बर–२ बस्ने बर्ष २५ का राजेश यादव र बर्ष १८ का ऋषिकुमार यादव रहेका छन् ।

प्रहरी टोलीले पालुङ्गबाट हेटौंडातर्फ आउँदै गरेको बा. २५ प ८७८३ नम्बरको मोटरसाईकललाई भीमफेदी गाउँपालिका वडा नम्बर–२, भैंसेचोकमा चेकजाँच गर्ने क्रममा सीटको तल फल्स तेल ट्ंयाकी बनाई, वास्तविक तेल ट्यांकी भित्र लागूऔषध चरेश लुकाएको फेला पारेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

पक्राऊ परेका उपर लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम २ देखि १० बर्ष कैद र १५ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने मकवानपुरका एसपी मुकेशकुमार सिंहले बताए ।

पक्राऊ परेका उनिहरुमाथी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.