१ हजार रुपैयाँ घुससहित असई पक्राउ

१ हजार रुपैयाँ घुससहित असई पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टाेलिले ट्राफिक प्रहरी पोस्ट महेन्द्रनगर धनुषाका प्रहरी सहायक निरिक्षक नबिनकुमार झालाई १ हजार रुपैयाँ घुससहित पक्राउ गरेकाे छ ।

ट्रिपरको सम्पूर्ण कागजात हुँदाहुँदै पनि विभिन्न बहाना बनाएर झाले सेवाग्राहीसँग घुस लिइरहेकाे अवस्थामा अख्तियारकाे टाेलिले झालाई क्षिरेश्वरनाथ नगरपालिका–५ धनुषास्थित सखुवा चोकमा रहेको प्रहरी बिटबाट पक्राउ गरेकाे हाे ।

उनले प्रत्येक ट्रिपरबाट १–१ हजार जरिवाना लिने गरेका थिए । घुससहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तिायरले जनाएको छ ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.