‘विप्लव’ समूहका युवा सचिव पक्राउ

‘विप्लव’ समूहका युवा सचिव पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ समूह, युवा संघ बाग्लुङका सचिव २१ वर्षीय रमेश अविरल भनिने सहल सुनार पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकका प्रहरीले गलकोटबाट बुधबार सुनारलाई पक्राउ गरेको हाे । सुनारको साथबाट विप्लव समूहका पत्र, पोष्टर, पम्प्लेटसमेत बरामद गरिएको प्रहरीले जनाएकाे छ ।

पक्राउ परेका सुनारमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ । सुनार गलकोट नगरपालिका–४ भयरखर्कका बासिन्दा भएको बताइएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.