अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट छ जना पक्राउ

अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट छ जना पक्राउ

प्रहरीले दैलेख र नवलपरासी(पूर्व)का छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित छ जनालाई पक्राउ गरेकाे छ ।

दैलेख, गुँरास गाउँपालिका-४ रानीमत्ता चेकपोष्टमा जाँच गर्ने क्रममा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ दशमलब ५० ग्राम सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा जुम्ला चन्दननाथ नगरपालिका-४ बस्ने २४ वर्षीय रबि मल्ल, चन्दननाथ नगरपालिका-१ बस्ने २२ वर्षीय शालिकराम महत, चन्दननाथ नगरपालिका-५ बस्ने सौगात कार्की र मुगु छाँयानाथ रारा नगरपालिका-११ बस्ने २३ वर्षीय महेलाल साउद रहेका छन् ।

शंकास्पद रुपमा हिँडीरहेका उनीहरुलाई प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

नवलपरासी(पूर्व), कावासोती नगरपालिका-१६ तिनघरे चोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ६० एम्पुल, फेनारगन ६० एम्पुल र नुर्फिन ६० एम्पुल सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानगरपालिका-११ बस्ने २४ वर्षीय रोशन पाठक र आईत बहादुर थिङ रहेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले लु.१ ख ८६२२ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.