७ हजार रुपैयाँ घुससहित असई पक्राउ

७ हजार रुपैयाँ घुससहित असई पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टाेलिले सिआरभि केशलियामार्ग विराटनगर, मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) श्यामकुमार दाहाललाई ७ हजार घुससहित पक्राउ गरेको छ ।

दाहालले सेवाग्राहीलाई अनावश्यक दुख दिने, विभिन्न खाद्य सामग्रीहरू ओसारपोसारमा सहजिकरण गरिदिने भन्दै घुस रकम लिने गरेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले घुससहित पक्राउ गरेको हो ।

दाहालले सेवाग्राहीबाट सात हजार घुस लिइसकेको अवस्थामा विराटनगर महानगरपालिका वडा नं. ६ घाँसचोकबाट अख्तियारकाे टाेलिले  पक्राउ गरेको हो ।

घुससहित पक्राउ परेका असईमाथी थप अनुसन्धान भइरहेको अख्तिायरले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.