पाँच किलो चरेससहित मामा–भान्जी पक्राउ

पाँच किलो चरेससहित मामा–भान्जी पक्राउ

प्रहरीले बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाबाट पाँच किलोग्राम चरेससहित दुई जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–६ निसीसिपका ३० वर्षीया भागिमला बुढा र उनका मामा पर्ने स्थानीयवासी २५ वर्षीय रामबहादुर साउथोकी रहेका छन् ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङले मामा–भान्जीबीच चरेस खरीद बिक्री भइरहेको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरेको हाे । दुवैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ पठाइएको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.