विप्लव समूहका सिन्धुली जिल्ला सेक्रेटरी पक्राउ

विप्लव समूहका सिन्धुली जिल्ला सेक्रेटरी पक्राउ

प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका सिन्धुली जिल्ला सेक्रेटरी पक्राउ परेका छन्।

प्रहरीले चन्दा आतंक, आगजनी तथा संगठित अपराधमा संलग्न भएको आरोपमा विप्लवका जिल्ला सेक्रेटरी कपिल भनिने शेरबहादुर वाइबालाई पक्राउ गरेको हो।

वाइबा माथि गत मंसिर ३ गते दुधौली नगरपालिका–१३ अरुणठाकुरमा निर्माण व्यवसायी छेत्रबहादुर बम्जनको स्काभेटरमा आगजनी गरेको आरोप छ। वाइबाले ठेकेदार बम्जनको स्काभेटरमा आगजनीलगायत जिल्लामा अशान्ती क्रियाकलापमा संलग्न भएको विशेष सूचनाका आधारमा प्रहरीले प्रक्राउ गरेको हो।

हरिहरपुरगढी गाउपालिका ३, गुर्जी निवासी वाइबाले ठेकेदार क्षेत्रसँग एक करोड ५० लाख रुपैयाँ चन्दा माग गरेको र त्यसको स्काभेटरमा आगजनी गरेको प्रहरीले जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.