नलकटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

नलकटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

प्रहरीले सर्लाहीकाे बिष्णु गाउँपालिका– २ स्थित सडकबाट नलकटुवा पेस्तोल १ थान र गोली ३ राउण्डसहित एक भारतीय नागरिकलाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा भारत घर भएका २१ वर्षीय सञ्जय सिंह रहेका छन् । प्रहरी चौकी बाराउधोरणबाट खटिएको प्रहरीले बिआर ३० यु ९८९४ नम्बरको मोटरसाइकललाई जाँच गर्दा क्रममा उक्त पेस्तोल फेला पारी मोटरसाइकलसहित चालक सिंहलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.