लागुऔषधसहित २ जना पक्राउ

लागुऔषधसहित २ जना पक्राउ

प्रहरीले नवलपरासीबाट लागुऔषधसहित २ जनालाई पक्राउ गरेकाे छ ।

नवलपरासी पूर्व देबवुल नगरपालिका १७ झहरे खोलास्थित पुल मुनि बोरामा लुकाई राखेको अवस्थामा लागुऔषधसहित प्रहरीले गैडाकोट नगरपालिका १६ का २६ वर्षीय कृष्ण श्रेष्ठ र १६ वर्षीय निशान परियारलाई पक्राउ गरेको हाे ।

प्रहरीले उनीहरुको साथबाट ४७ फेनरागन, ४७ डाइजोपाम, ४७ नुर्फिन गरी जम्माजम्मि १ सय ४१ एम्पुल सहित ४५ सिरिन्ज र ४ थान मोबाइल बरामद गरेको छ ।

घटनाको बारेमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.