५० हजार रुपैयाँ घुससहित सई र प्रहरी जवान पक्राउ

५० हजार रुपैयाँ घुससहित सई र प्रहरी जवान पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टाेलिले सर्लाहीकाे ब्रह्म्पुरी गाउँपालिकाबाट सेवा सेवाग्राहीसँग घुस लिँदै गर्दा दुई जना प्रहरी पक्राउ परेका छन् ।

भारतीय बजारबाट समान ओसारपसार गर्न सहज बनाइ दिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिँदै गर्दा प्रहरी नायब निरीक्षक (सई) राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादवलाई अख्तियारकाे टाेलिले पक्राउ गरेको हो ।

प्रहरी चौकी ब्रह्म्पुरीमा कार्यरत उनीहरूले भारतीय बजारबाट नेपालतर्फ सामान ल्याउँदै गरेकासँग घुस रकम लिँदै गरेको सूचना पाएपछि रकमसहित उनीहरुलाई अख्तियारकाे बर्दिबास महोत्तरीको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाण्डौ पठाइएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.