लागूऔषध चरेशसहित दुई जना पक्राउ

लागूऔषध चरेशसहित दुई जना पक्राउ

वीरगंज महानगरपालिका-१६ नगवा पोखरीबाट अवैध लागूऔषध चरेश करिब ३ केजी सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धादिङ गजुरी गाउँपालिका-८ बस्ने ३४ वर्षीय नचेङ तामाङ र भारत कलकत्ता मेचिया बुरुस घर भएका ४३ वर्षीय शेफ खान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.