पाँच लाख घुससहित मालपोत अधिकृत पक्राउ

पाँच लाख घुससहित मालपोत अधिकृत पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टाेलीले भूमिसुधार तथा मालपोत कार्यालय सिरहामा कार्यरत निमित्त कार्यालय प्रमुख तथा मालपोत अधिकृत रामबाबु मण्डललाई पाँच लाख रुपैँया घुससहित पक्राउ गरेको छ।

उच्च अदालत जनकपुर इजलासको पुनरावेदनमा विचाराधीन रहेको मुद्दाको सिलसिलामा माग भएको कागजातहरु उपलब्ध गराउन आनाकानी गर्दै सेवाग्राहीसँग घुसबापतको रकम लिइसकेको अवस्थामा अख्तियारकाे टाेलीले पक्राउ गरेको हाे।

मण्डललाई बिगो पाँच लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.