लागूऔषध चरेशसहित दुई जना पक्राउ

लागूऔषध चरेशसहित दुई जना पक्राउ

बर्दियाको बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध चरेश करिब १५ केजी सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दाङ फुस्रेखाली बस्ने रोल्पा, रोल्पा नगरपालिका-६ कोर्चावाङ घर भएका २३ वर्षीय सजिन बिकर उनकै श्रीमती २४ वर्षीया निर्मला बुढामगर रहेका छन् ।

प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुले उक्त परिमाणको लागूऔषध नेपालबाट भारततर्फ लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.