नवलपरासीबाट ठुलो परिणमा लागुऔषधसहित २ जना पक्राउ

नवलपरासीबाट ठुलो परिणमा लागुऔषधसहित २ जना पक्राउ

पश्चिम नवलपरासीबाट प्रहरीले ठुलो परिणमा लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले भैरहवाबाट पोखरातर्फ जाँदै गरेका २ वटा छुट्टाछुट्टै बसमा सवार उनीहरुलाई देविनरगरस्थित महेन्द्र राजमार्गमा चेकजाँचकाे क्रममा पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा  ललितपुर जिल्ला गोदावारी नगरपालिका –१ चापागाउँका २६ वर्षीय नरेश लामा र पोखरा महानगरपालिका–१५ गलेश्वरका १५ वर्षीय विशाल सुनार रहेका छन् ।

लामाको साथबाट प्रहरीले डाईजेपाम २३ थान, नुफ्रिन–२०, एम्पुल, फेनरागन– २३  र एम्पुल सिरिज–४ थान लागुऔषध बरामद गरेको छ । त्यस्तै सुनारको साथबाट पेरागन –२२१  थान, नुफ्रिन–२२६ थान, एम्पुल –२२१ थान वरामद गरिएको छ  ।

उनीहरुविरुद्ध लागुऔषध कारोवार विरुद्धको मुद्धा दायर गर्ने तयार गरिएको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.