जुवातास खेलिरहेको अवस्थामा ६ जुवाडे पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ६ जुवाडे पक्राउ

प्रहरीले भक्तपुरबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना जुवाडेलाई पक्राउ गरेको छ ।

सूर्यबिनायक नगरपालिका-२ बालकोट बस्ने ४२ वर्षीय राम रानाभाटको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय जीवन श्रेष्ठ समेत ६ जनालाई नगद ५१ हजार ९५ रुपैयाँ र ३ बुक तास सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको हाे ।

महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.