सिरहाबाट लागूऔषध सहित दुईजना पक्राउ

सिरहाबाट लागूऔषध सहित दुईजना पक्राउ

प्रहरीले सिरहा नगरपालिका १७ पटेर्वाबाट लागूऔषध सहित दुईजनालाई पक्राउ गरेका छ।

पक्राउ पर्नेमा नरहा गाउँपालिका ४ का २६ वर्षीय एमामुदिन र सिरहा नगरपालिका ४ रमौलका १९ वर्षीय मोहम्मद रहिम रहेका छन् । प्रहरीले उनीहरुलाई बिहीबार राती पक्राउ गरेको हो ।

पक्राउ परेका एमामुदिनको साथबाट ७२० पिस लागुऔषध नाइट्रोभेट ट्याब्लेट र रहिमको साथबाट ४५ पिस नाइट्रोभेट बरामद भएको प्रहरीले जनाएको छ ।

दुवैजना स ५ प ५०७५ नम्बरको मोटरसाइलमा भारतीय बजारबाट लागूऔषध खरिद गरि नेपालतर्फ आउँदै गर्दा प्रहरीले चेकजाँचको क्रममा पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.