नयाँ बसपार्कबाट एक किलो नक्कली सुनसहित दुई जना पक्राउ

नयाँ बसपार्कबाट एक किलो नक्कली सुनसहित दुई जना पक्राउ

प्रहरीले काठमाडौंकाे नयाँबसपार्कस्थित तनहुँ होटलबाट एक किलोग्राम नक्कली सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले एक किलोग्राम नक्कली सुनसहित मोरङका २२ वर्षीय भुपाल लिम्बू र पाँचथरका २४ वर्षीय अरुण राईलाई सोमबार राति पक्राउ गरेको हो ।

प्रहरीले उनिहरुलाई नक्कली सुुनलाई सक्कली सुन भनेर ठगी गर्न लागेको अवस्थामा पक्राउ गरेको हाे ।पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.