अर्थ मन्त्रालयका उपसचिवविरुद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा

अर्थ मन्त्रालयका उपसचिवविरुद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगानाविरुद्ध ४ करोड ६८ लाख ४८ हजार रुपैयाँ बिगो माग गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सार्वजनिक सेवामा रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा ४ करोड ६८ लाख बिगो मागसहित मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

२०४९ साउन १९ गते सरकारी सेवामा प्रवेश गरेका उनले २०७५ असार ३२ गतेसम्ममा ४ करोड ६८ लाख ४८ हजार ५ सय ५६ रुपैयाँ ४५ पैसा भ्रष्टाचार गरेको अख्तियारको दावी छ ।

जागिर अवधिमा उनको वैध आय ७९ लाख ५४ हजार ७ सय ९५ रुपैयाँ ८ पैैसा हुनेमा उनको खर्च तथा लगानी ५ करोड ४८ लाख ३ हजार ३ सय ५१ रुपैयाँ ५३ पैसा देखिएको प्रवक्ता कोइरालाले जानकारी दिए ।

उपसचिव राजेन्द्र ढुंगानाले सार्वजनिक सेवाको पदमा रहेर गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति श्रीमती मधु कोइराला (ढुंगाना) को नाममा राखेका थिए । अख्तियारले मधुको नाममा रहेको सम्पत्ति पनि जफत गर्न माग गर्दै उनलाई समेत प्रतिबादी बनाइ विशेष अदालतमा आर‍ोपपत्र दायर गरेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.