१२ केजी लागूऔषध गाँजासहित ५ जना पक्राउ

१२ केजी लागूऔषध गाँजासहित ५ जना पक्राउ

प्रहरीले बाराबाट १२ केजी गाँजासहित ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीकी ममता कार्की, धनुषाका बिलट महतो, पर्साकी विमला विक, सोही स्थानकी पलटी माझी र रमियाँ चौधरी रहेका छन् ।

ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले ना.५ ख ६६१९ नम्बरको पोखराबाट जनकपुर चल्ने बस जाँच गर्ने क्रममा झोलामा ल्याउँदै गरेको करिब १२ केजी लागूऔषध गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरु माथी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.