प्रहरीलाई नगद ५ सय रुपैयाँ घुस दिन खोज्ने एक पक्राउ

प्रहरीलाई नगद ५ सय रुपैयाँ घुस दिन खोज्ने एक पक्राउ

प्रहरीलाई नगद ५ सय रुपैयाँ घुस दिन खोज्ने मकवानपुर भिमफेदी गाउँपालिका-३ घर भई दुवाकोट बस्ने २९ वर्षीय उत्तम थापा मगरलाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले चाँगुनारायण नगरपालिका-२ दुवाकोट वारुदखानास्थित सडकमा बा. ३० प ८६८९ नम्बरको मोटरसाइकलमा सवार मगरलाई मादक पदार्थ सेवन गरी सवारी चलाएको फेला पारी कागजपत्र माग्दा उक्त नगद दिन खोजे पश्चात नगद सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.