भक्तपुरबाट जुवातास खेलिरहेको अवस्थामा १४ जुवाडे पक्राउ

भक्तपुरबाट जुवातास खेलिरहेको अवस्थामा १४ जुवाडे पक्राउ

प्रहरीले भक्तपुरबाट जुवातास खेलिरहेको अवस्थामा १४ जना जुवाडेलाई पक्राउ गरेकाे छ ।

मध्यपुर ठिमी नगरपालिका-९ निलबाराही बस्ने सुरेश श्रेष्ठको निलबाराही रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ बस्ने ३७ वर्षीय उमेश तको लगायत १४ जनालाई ६ लाख ८४ हजार १ सय २० नेपाली रुपैयाँ, ७ हजार ६ सय ६० भारतीय रुपैयाँ र ४ बुक तास सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको हाे ।

महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.