छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित पाँच पक्राउ

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित पाँच पक्राउ

प्रहरीले भक्तपुर, कञ्चनपुर र धनुषाकाे छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित पाँच जनालाई पक्राउ गरेकाे छ ।

भक्तपुर, सूर्यबिनायक नगरपालिका-२ बालकोटबाट अवैध लागूऔषध गाँजा करिब १ केजी सहित कौशलटार बस्ने दोलखा भिमेश्वर नगरपालिका-५ घर भएका ६५ वर्षीय सत्यमान तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुर, बेलौरी नगरपालिका-८ पचुईबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने बस्तु १३ ग्राम सहित कैलाली धनगढी उपमहानगरपालिका-२ बस्ने ३३ वर्षीय गुनाल सुनुवारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बेलौरी र प्रदेश अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

धनुषा, जनकपुर उपमहानगरपलिका-२३ स्थित सडकबाट नियन्त्रित लागूऔषध नुर्फिन ६३ एम्पुल, डाइजेपाम ६५ एम्पुल, फेनारगन ६५ एम्पुल र नाइट्राभेट ट्याब्लेट ५० पत्ता सहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दोलखा सैलुङ गाउँपालिका-२ बस्ने टाँसी भन्ने २१ वर्षीय पासाङ तामाङ, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-५ बस्ने २१ वर्षीय समिर श्रेष्ठ र लिसङखु गाउँपालिका घर भएका ३० वर्षीय सोनाम तामाङ रहेका छन् ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र प्रहरी चौकी जिरोमाईल धनुषाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.