जुवातास खेलिरहेको अवस्थामा ७ जुवाडे पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ७ जुवाडे पक्राउ

प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ७ जना जुवाडेलाई पक्राउ गरेकाे छ ।

काठमाडौं महानगरपालिका-१५ चौमतीस्थित काभ्रे तिमाल घर भएका ५४ वर्षीय दावा लामाको होटलमा जुवातास खेलिरहेको अवस्थामा लामा लगायत ७ जनालाई नगद ११ हजार ७ सय २० रुपैयाँ र ३ बुक तास सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.