भरुवा बन्दुकसहित एक पक्राउ

भरुवा बन्दुकसहित एक पक्राउ

प्रहरीले नुवाकोटबाट भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा दुप्चेश्वर गाउँपालिका-१ बस्ने २० वर्षीय गुरु दोर्जे शेर्पा रहेका छन् । शेर्पाले घरमा भरुवा बन्दुक लुकाईछिपाई राखेको छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी समुन्द्रटारबाट खटिएको प्रहरीले उनको घर नजिकै रहेको सालको रुखमा लुकाई राखेको अवस्थामा २ थान भरुवा बन्दुक सहित बुधबार दिउँसो प्रहरीले उनलाइ पक्राउ गरेको हाे ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.