विप्लव समुहका जिल्ला सदस्य पक्राउ

विप्लव समुहका जिल्ला सदस्य पक्राउ

प्रहरीले नेत्र विक्रम चन्द (विप्लव) समूहका पश्‍चिम नवलपरासी जिल्ला सदस्य मोहन सापकोटालाई शुक्रबार बिहान पक्राउ गरेको छ ।

बर्दघाट नगरपालिका ४ बस्ने २६ वर्षीय सापकोटालाई प्रहरीले सरावल गाउँपालिकाको तिलकपुरबाट पक्राउ गरेको हाे । प्रहरीले उनीमाथि दुईवटा घटनामा अभियोग लगाई सांगठनिक अपराध मुद्दामा कारबाही प्रक्रिया अघि बढाएको छ ।

सापकोटामाथि २०७५ फागुन २९ गते तिलकपुरको बासाबसहीमा रोकिराखेका २ ट्रक र २०७६ साउन १६ गते बर्दघाटको धनेवास्थित एनसेल टावरमा आगजनी गरेको आरोपमा मुद्दा लगाइएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.