दुई हजार ५०० लिटर जाँड बरामद गरी नष्ट

दुई हजार ५०० लिटर जाँड बरामद गरी नष्ट

जिल्ला प्रहरी कार्यालयले बागलुङले अवैध घरेलु मदिरा बनाउन प्रयोग हुने दुई हजार ५०० लिटर जाँड बरामद गरी नष्ट गरेको छ ।

बिहीबार साँझ बागलुङ नगरपालिका–३ मुलपानीस्थित रेशमबहादुर जिसीको घरमा फेला परेको जाँड जनप्रतिनिधि, आमा समूहका पदाधिकारी लगायतको रोहबरमा खाडलमा पुरी नष्ट गरिएको जनाइएको छ ।

जाँडमा पुराना चप्पल, जुत्ता र खुर्सानीसमेत मिसावट गरिएको पाइएको प्रहरीले जनाएकाे छ । स्थानीय ‘योङ ओमन लिडर महिला समूह’को सक्रियतामा प्रहरीले मदिरा बनाउन प्रयोग हुने जाँड बरामद गरेको हो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.