लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीसँग रकम लिने एक व्यक्ति पक्राउ

लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीसँग रकम लिने एक व्यक्ति पक्राउ

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाइदिने भन्दै सेवाग्राहीसँग रकम लिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको ट्राफिक प्रहरी टोलीले सुजुकी ड्राईभिङ स्कुल एकान्तकुनाका सवारी चालक तनहुँको भानु नगरपालिका ६ मुलपानी घर भइ हाल ललितपुरको कुसुन्ती बस्ने भरत बस्नेतलाई पक्राउ गरेको हो ।

उनले चार पांग्रे सवारी साधनको ट्रायल परिक्षामा पास गराइदिन्छु भनि  सेवाग्राहसँग ५ हजार रकम मागेको प्रहरीले जनाएको छ । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागी महानगरीय प्रहरी बृत्त सातदोबाटोमा बुझाइएको  छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.