नागढुंगाबाट अवैध लागूऔषध चरेशसहित २ जना पक्राउ

नागढुंगाबाट अवैध लागूऔषध चरेशसहित २ जना पक्राउ

महानगरीय प्रहरीले प्रभाग नागढुंगाले मंगलबार दिउँसो अवैध लागूऔषध चरेश १ किलो १५ ग्राम सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रामेछाप  उपकुण्ड गाउँपालिका-२ बस्ने २३ वर्षीय फुर्वा शेर्पा र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३० वर्षीय जिव छिरीङ शेर्पा रहेका छन् ।

गस्तीमा खटिएको प्रहरीले बा.४९ प ९८४२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूको साथमा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.