धनुषाबाट पेस्तोल सहित दुई जना पक्राउ

धनुषाबाट पेस्तोल सहित दुई जना पक्राउ

प्रहरीले धनुषाकाे जनकनन्दनी गाउँपालिका-५ बरनझुल्लाबाट मंगलबार दिउँसो पेस्तोल सहित दुई जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २६ वर्षीय दिपेश कुमार महतो र १९ वर्षीय शुभकेश महतो रहेका छन् । सोही ठाउँस्थित हतियार पड्काउदै हिँडेको भन्‍ने सूचनाका आधारमा  ईलाका प्रहरी कार्यालय खजुरी धनुषाबाट खटिएको प्रहरीले महतोको घरभन्दा करिब ५ सय मिटर पर आफ्नै आँपको बगैंचामा लुकाई छिपाई राखेको अवस्थामा पेस्तोल १ थान र म्यागजिन १ थान फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.