जङ्गलमा लुकेर तास खेल्ने पाँच जना पक्राउ

जङ्गलमा लुकेर तास खेल्ने पाँच जना पक्राउ

इलाका प्रहरी कार्यालय बनेपाको टोलीले बनेपा नगरपालिका–९ मगरगाउँमाथिको जङ्गलमा तास खेलिरहेको अवस्थामा नगद र सवारी साधनसहित पाँच जनालाई पक्राउ गरेकाे छ ।

जङ्गलमा गएर लुकेर तास खेलिरहेको अवस्थामा बुधबार बेलुका पाँच जनालाई नियन्त्रणमा लिनुका साथै नगद एक लाख ६२ हजार २० रुपैयाँ, चार स्कुटर, ११ मोटरसाइकल, एउटा कार र ११ बुक तास बरामद गरिएको इलाका प्रहरी कार्यालय बनेपाले जानकारी दिएकाे छ ।

प्रहरी पुगे लगत्तै फरार रहेका १५ जनाको खोजीकार्य जारी रहेको र  दुई वटा चेकबुकसमेत बरामद भएको प्रहरीले जनाएकाे छ । पक्राउ परेकाहरुलाई तास, जुवा ऐनअन्तर्गत कारवाही हुने प्रहरीले जानकारी दिएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.