घाटमा जलाउन लागेको महिलाको शव प्रहरी नियन्‍त्रणमा

घाटमा जलाउन लागेको महिलाको शव प्रहरी नियन्‍त्रणमा

मोरङमा घाटमा जलाउन लगेको महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।

घाँटीमा शंकास्पद डाम देखिएपछि विराटनगर महानगरपालिका-८ बलुवाइकी २८ वर्षीया प्रेमदेवी शाहको शव जलाउन लागेको अवस्थामै प्रहरीले नियन्त्रणमा लिएको हो।

बिहीबार विहान मृत्यु भएकी साहको माइती पक्षको उजुरीका आधारमा प्रहरीले शव नियन्‍त्रणमा लिएको हाे । शव पोस्टमार्टमका लागि कोशी अञ्चल अस्पताल पठाएको प्रहरीले जनाएकाे छ ।

मृतक प्रेमदेवी शाहको विवाह १२ वर्षअघि विराटनगर ८ का गोविन्द शाहसँग भएको थियो।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.