बहिनीकाे हत्या गरी फरार भएका दाजु १२ वर्षपछि पक्राउ

बहिनीकाे हत्या गरी फरार भएका दाजु १२ वर्षपछि पक्राउ

आफ्नै १० वर्षीया बहिनीको हत्या गरेको अभियोगमा १२ वर्षपछि दाजुलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्दैहीको बगौली गाविस–१ घर भएका (साविकको) रामपन बेल्दारको ३७ वर्षीय छोरा रामभवन वेल्दार रहेका छन् । हत्यामा बालिकाको बुबा पनि संलग्न थिए ।

छोरी लाटी भएको भन्दै बाबुछोरा मिलेर २०६४ माघ ८ गते बालिकाको टाउकोमा कोदालो प्रहार गरेर निर्मम तरिकाले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ ।

बालिकाको हत्यालगत्तै उनीहरुले नेपाल–भारत सीमाना नजिकै रहेको डण्डा नदीको किनारामा शव गाडेका थिए । प्रहरीका अनुसार हत्यापश्चात खोजतलास शुरु भएपछि ५ दिनपछि उनको शव नेपाल भारतको सीमानामा रहेको डण्डा नदी किनारमा खाल्डो खनेर पुरेको अवस्थमा फेला परेको थियो ।

आफ्नै परिवार सदस्यको निर्ममतापूर्वक हत्या गरेको भन्दै सोही समयमा स्थानीय तेजप्रसाद सिंहले कर्तव्य ज्यान मुद्दामा प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएका थिए । घटनालगत्तै अभियुक्त बुवा र दाजु फरार भएर भारतमा लुकिछिपी बस्दै आएका थिए ।

पक्राउ परेका दाजु राभवनले भारतमा बस्ने क्रममा फरार ५५ वर्षीय बुवाको मृत्यु भइसकेको प्रराम्भिक बयान दिएका छन् । भारतमा लुकीछिपी बस्दै आएका रामभवनलाई अन्ततः विशेष सुराकीको आधारमा प्रहरीले नेपाल–भारत सीमाबाट माघ २ गते पक्राउ  गरेकाे हाे ।

पक्राउ परेका रामभवनलाई जिल्ला अदालतबाट ६ दिन म्याद थप गरेर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.