जबर्जस्ती करणी मुद्दाका एक अभियुक्तलाई १२ वर्ष कैद

जबर्जस्ती करणी मुद्दाका एक अभियुक्तलाई १२ वर्ष कैद

जिल्ला अदालत तनहुँले जबर्जस्ती करणी मुद्दाका एक अभियुक्तलाई १२ वर्ष ६ महिना कैद फैसला गरेको छ ।

जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलकोे इजलासले सो मुद्दामा पक्राउ परेका गोरखा पालुङटार नगरपालिका–५ का कृष्णकुमार विकलाई आइतबार सो कैद फैसला सुनाएको हो ।

गत असार १४ गते तनहुँको भानु नगरपालिका–३ स्थित पाँच वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा विकलाई कैद सजायसहित पीडितलाई एक लाख क्षतिपूर्ति दिलाउने फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार सुदर्शन खनालले जानकारी दिए ।

पीडितलाई क्षतिपूर्तिबापतको जरिवाना अभियुक्तबाट नै भराउने अदालतको फैसला छ । अभियुक्तविरुद्ध गत साउन ६ गते जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

यसैगरी सवारी ज्यान मुद्दाका अभियुक्तलाई न्यायाधीश ढुङ्गेलको इजलासले नौ महिना कैदको फैसला गरेको छ । सवारी ज्यान मुद्दामा थुनामा रहेका व्यास नगरपालिका–११ का तुलबहादुर विकलाई सो कैदको फैसला गरेको हो । निजविरुद्ध गत जेठ २८ गते अदालतमा मुद्दा दायर भएको थियो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.