तेस्रोलिंगीको बलात्कारपछि हत्या

तेस्रोलिंगीको बलात्कारपछि हत्या

हेटौंडाकी तेस्रोलिंगी अजिता भुजेलको बलात्कारपछि हत्या भएको बताइएको छ ।

शनिबार हेटौंडा–५ क्याप्पा डाँडामा मृत भेटिएकी अजिताको बलात्कारपछि हत्या भएको तेस्रोलिंगी अधिकारकर्मी सूरजकिरण थापाले दावी गरेका छन् । लैंगिक अल्पसंख्यक अधिकारका लागि काम गर्दै आएकी भुजेलको शव वीभत्स अवस्थामा फेला परेको थियो ।

भुजेलको घटना रहस्यमय रहेकाले गहिरो अनुसन्धानका लागि शवको विस्तृत जाँच गर्न त्रिवि शिक्षण अस्पताल शनिबार नै ल्याइएको छ । अधिकारकर्मी थापाका अनुसार भुजेल नग्न अवस्थामा भेटिएकोले बलात्कार भएको हुनसक्ने अस्पतालका चिकित्सकले बताएका छन् ।

हेटौंडा–११, नवलपुरकी २९ वर्षकी तेस्रोलिंली अजिताको शवको शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टमपछि नवलपुरमा सोमबार दाहसंस्कार गरिएको छ ।

पोस्टमार्टममा अजिताको घाँटीमा निलडाम, टाउकोमा चोट देखिएको चिकित्सकले बताएको अजिताका फुपाजू देवबहादुर थापाले जानकारी दिए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.