श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

प्रहरीले बाराबाट श्रीमतीको हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

जिल्लाकाे पचरौता नगरपालिका-१ पिपरपाती टोलका ३२ वर्षीय श्रीमती मालती देवी नुनियाको हत्या गरेको आरोपमा उनका श्रीमान रामया महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

महतोले गत शुक्रबार श्रीमती मालतीको हत्या गरी सोही ठाउँको जमुनी नदी किनारमा जलाउँदै गरेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले शव जलिरहेको अवस्थामा फेला पारेको थियो । तर महतो भने फरार थिए । घटनापश्चात फरार भएका उनलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको हो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.